इटहरीमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

<span class='c1'>इटहरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर १५ चैत्र । सुनसरीको इटहरीमा आईतबार सांझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १९ स्थित पूर्व पश्चिम राजमार्गमा ना.४ ख १०३४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. १३ प २५२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर दुर्घटना भएको थियो।
ठक्करबाट मोटरसाईकलमा सवार सुनसरी बक्लौरी २ बस्ने २१ बर्षिय मनिष बिष्ट र सोहि ठाँउ बस्ने २६ बर्षिय कृष्ण चौधरीको रानस्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रकका चालक फरार रहेकाले खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्