राजघाटमा महिला सिवरि सम्पन्न्

राजघाटमा महिला सिवरि सम्पन्न्

विजय धिमाल
राजघाट १५ फाल्गुन
मोरङको राजघाट ९ आम्वारी बजार स्थित आर्थिक र समाजिक रुपान्तरण लागि सहरकारी भन्ने मुल नाराका साथ १ दिने निःशुल्क महिला स्वास्थ्य एवम् दन्त सिविर सम्पन्न गरेको छ ।
आउन लागेको ५९ औँ सहकारी दिवसलाई लक्षित गरी उर्लावारी ४ मा रहेको नारीसृजना बचत तथा ऋण सहकारी संस्थाको आयोजना र लाइफ लाइन अस्पताल दमकको प्राबृधिक सहयोगमा भएको हो । शहर केन्द्रीत मात्र नरहेर ग्रामिण भेगको ख्याल गर्दै र यस क्षेत्रबाट पनि सक्रिय सदस्यहरु रहेकोले यो कार्यक्रम आयोजना गरेको सिविर संयोजक पुष्पाकुमारी राज भण्डारीले जानकारी दिइन् । विगत ५ वर्ष अघि देखि यस सहकारी संथाले अवस्था पहिचान गरी वर्षमा एक पटक स्वस्थ्य कार्यक्रम आयोजना गर्दै आएको सहकारीका अध्यक्ष रुपा कुमारी श्रेष्ठले जानकारी दिइन् । थप्दै यतिमात्र नभएर प्रत्यक्ष रुपमा मानव र समाजलाई लाभ हुने कार्यक्रमहरु गर्दै आएकाछौँ । सिविरबाट जम्म एक सय जनाले लाभ लिएका थिए ।
लाइफ लाइन अस्पताल दमकका महिला तथा स्त्रि रोग विशेषज्ञय चेतना श्रेष्ठ र डेन्टिस सोफिया थुलुङले चेकचाँज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्