झापामा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु

झापामा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु

झापा चैत्र १५ ,

दक्षिणी झापाको राजगढमा हावाहुरीले घर भत्कँदा एक बालिकाको मृत्यु भएको छ । राजगढ–१ बोक्राझाडी निवासी नारायणप्रसाद गिरीकी दुई वर्षीया छोरी पद्माको हावाले उडाएको टाटीले लागेर मृत्यु भएको स्थानीय दिलीपप्रसाद राजवंशीले जानकारी दिए ।

सोमबार बिहान आएको हावाहुरीले गिरीको फुसको घर भत्काएपछि टाटी झरेर बालिकालाई लागेको थियो । गम्भीर घाइते भएकी बालिकाको उपचारक्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको बताइएको छ । रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्