ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा

ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा

बिराटनगर चैत्र १६

जिल्ला अस्पताल ताप्लेजुङमा चार दिनदेखि एक महिलाको शव अलपत्र अवस्थामा रहेको छ । शेर्पा थरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उनको शव बुझ्न अहिलेसम्म कोही नआएकाले चार दिनदेखि शव अलपत्र अवस्थामा रहेको हो । उपचारकै क्रममा मृत्यु भएपछि प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शवलाई अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । पण्डितका अनुसार चैत ११ गते जिल्लाको निघुरादिन–२ का एक स्थानीयको गाई गोठमा बिरामी अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । स्थानीयको सहायतामै अस्पतालमा ल्याई उपचारका लागि उनलाई भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्