महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

इटहरी- सुनसरी डुम्राहामा मंगलबार राति एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। राति ११ बजे डुम्राहा-४ की एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका १८ वर्षीय अशोक मुखियालाई प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणी गरेर फरार भएका मुखियालाई पक्रन प्रहरी परिचालन गरिएको थियो। चार दिनअघि १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्ने रामनगर भुटाहा-५ का ३२ वर्षीय अब्बास लहरी अन्सारी भने फरार छन्। अब्बासको खोजी भइरहेको जानकारी दिइयो।

बालिका घाँस काटन खेतमा गएको मौका छोपेर अब्बासले बलात्कार गरेको पीडितका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

एकपछि अर्को जबरजस्ती करणीजस्ता कुर्कत्यका घटना सुनसरीमा हुने क्रम बढ्दो छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो अढाई महिनाको अवधिमा १४ वटा जबरजस्ती करणीका घटना भएका छन्। चारवटा जबरजस्ती करणी उद्योगका घटना भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्