मल, जल र सुरक्षा हुन आवस्यक छ

<span class='c1'>मल, जल र सुरक्षा</span> <span class='c2'>हुन आवस्यक छ</span>

विजय धिमाल
राजघाट १८ चैत्र
मोरङको विभिन्न स्थानहरुमा सवारी दुर्घटना तथा न्युनिकरण सम्बन्धि ट्राफिक नियम बारे जनचेतना जगाउनुका साथै अफ्टेकल, जेब्राक्रस निर्माण कार्यहरु तिब्र रुपमा भएको पाइन्छ ।
बढ्दो सवारीहरुको चाप र जनसंख्याको कारण अत्यधिक दुर्घटना जोखिम भइरहेको अवस्था छ । अहिलेको परस्तिथीमा बाटो काट्न एक्दमै मुस्किल नै पर्छ । आफु बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मानवता जागरुक भएको पाइन्छ पूर्वि मोरङका जनतामा । सम्बन्धित निकाय ट्राफिक प्रहरी, प्रहरी प्रशाशन, स्थानिय युवासमुह, संघसंस्थाहरुको साथ, सहयोग र पहलमा यी कार्य हुदै आएको छ । सवारी दुर्घटना, न्युनिकरण सम्बन्धि तथा ट्राफिक नियम बारे सिटीसफारी चालक, भेन व्यवसायी चालक, विभिन्न धिध्ययालयका विध्यार्थी, बिभिन्न संघसंस्थाहरुलाई तालिम समेत दिदै आइरहेको छ । त्यस्तै चालक, ट्राफिक, यात्रुहरुसंग भएनभएको गुनासाहरु समेत संकलनगर्ने कार्य हुँदै अइरहेको छ । यस्ता कार्य एक्दमै उत्तम हो कतिपय यस्ता कार्य प्रति सवारी चालक र यात्रुहरु दिक्क मान्नु स्वभाविक हो । सडक प्रयोगकर्ताको गल्तिले मात्र र्दुघटना निम्तिन्छ भन्न सकिन्न घटना चालकको लापरवाहीले समेत हुनजान्छ ।
विश्व स्वास्थ्य संगठनको डाटा अनुसार विश्वमै मृत्युको कारण सडक दुर्घटना नै मुख्यकारण बनेको उल्लेख छ । दुर्घटनामा मुख्यत १५ देखि २९ वर्षका युवाहरुको मृत्यु हुने गरेको, वर्षेनी तेह्र लाखको ज्यन गुम्नु दुई देखि पाँच करोड घाइते हुनेगरको डाटामा उल्लेखित छ । संयुक्त राष्ट्रसंघका अनुसार दुर्घटना यथावत रहनेहो भने सन् २०३० सम्म सडक दुर्घटना मानिसको मृत्यु पाँचौ मुख्यकारण हुने अनुमान छ । त्यस्तै नेपालको सन्दर्भमा सडक दुर्घटना बृद्धि हुनुको मुख्य कारण कम्जोर सडकको संरचना, चालकको लापरवाही, ट्राफिक नियमको पलना नहुनु, मानविय चेतना कम हुनु, ट्राफिक चिन्हहरु नचिन्नु, साधनको अवस्था र विद्यमान कानुनको पालनाको कमी हुन हो । विश्व स्वास्थ्य संगठनले नेपालमा सन् १९१६ देखि २००६ मा सर्भे गरे अनुसार अठार हजार मानवको मृत्यु भएको डाटामा उल्लेख गरेको छ । नेपालमा भने प्रतिदिन ६ जनाको मृत्यु र ३३ जना घाइते हुने गरेको उल्लेख गरिएको छ । यस स्थितिलाई सरसरति हेर्दा हामी एक्दमै जोखिममा रहेको प्रष्ट छ ।
यी कुराहरुलाई मध्यनजर गर्दै सवारी र्दुघटना तथा न्युनिकरणका लागि मोरङको राजघाट दुर्गापुरी स्थित उर्लावारी बरडङगा सडक खण्डमा राजघाट गाविसको सहयोग र स्थानिय युवाको पहलमा अफ्टेकल राख्ने काम गरिको छ । त्यस्तै पूर्वपश्चिम महेन्द्र राजर्माग मोरङको उर्लावारी क्षेत्र आसपास लगायत मधुमल्ला सडक, इटहरा सडक सण्डमा जेब्राक्रस र अफ्टेकल राख्ने कार्य सम्पन्न गरिएको छ । जे भइरहेको छ राम्रै भइरहेको छ । एउटा भनाई छ विरुवा रोप्नु ठुलोकुरो होइन रोपे पछि त्यसलाई मल, जल र सुरक्षा हुन आवस्यक हुन्छ । विचार गरौ एक पटक मात्रै होकी यी उदहरणिय कार्य निरन्तर चल्नेछ । यसै विषमा सवारी र्दुघटना तथा न्युनिकरणमा प्रहरी र ट्रपिकको मात्र भुमिका नरहेर स्थानिय वासीको पनि मुख्य भुमिका सक्रिय आवश्यक हुने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राजकुमार राई बताउछन् । त्यस्तै यस अप्mटेकल राखिएकोमा कतिपय को गुनासो आउनु स्वभाविक हो यसले सवारी र्दुघटना हुनबाट बच्न, बचाउन र चेक जाँचकालागी ठुलो भुमिका खेल्ने गरेको उर्लावारीका ट्रफिक प्रहरी हवल्दार गोकुल प्रसाद आचार्य बताउछन् । यता नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार संग सम्बन्धि मात्र तालिम र जनचेतना गर्दै आएको थियो भने हाल आएर सडक सुरक्षा सम्बन्धि समेत आफ्नो निर्देशिकामा समावेश गरी तालिम र जनचेतनामुलक कार्यक्रमहरु विभिन्न ठाउँहरुमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्