सिरहामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

सिरहामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

सिरहा, २० चैत्र । सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना। ४ ख। १९३४ नम्बरको ट्रकको ठक्करबाट घाइते युबकको उपचारको क्रममा रा। उ। स्मारक अस्पताल लहानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतक युबकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ । मृतक युबकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतक गहु गोरो बर्ण, ५ फिट ७ ईन्च उचाई, खैरो भेष्ट, निलो जिन्स लगाएको र मधेशी मुलको जस्तो देखिने करीब २५ बर्षीय रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्