बिर्तामोडबाट जुवा खेलिरहेका ५ जना खालबाटै पक्राउ

बिर्तामोडबाट जुवा खेलिरहेका ५ जना खालबाटै पक्राउ

झापा चैत्र २१ , बिर्तामोडबाट जुवा खेलिरहेका ५ जना खालबाटै पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका– १ चारपानेस्थित न्यू सौभाग्य होटलमा जुवा खेलिरहेका उनीहरुलाई गएराति प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दुवागडी –४ का सुरेश राई, सोही गाविस – ५ का जाकिर हुसैन, बिर्तामोड नगरपालिका –४ का तेजबहादुर बर्देवा, सोही नगरपालिका १ का दुर्गा सुब्बा र डाँगीबारी – ५ का जगन्नाथ राजवंशी रहेका छन् । उनीहरुलाई प्रहरीको मोवाइल टोलीले बिर्तामोड नगरपालिका – १ चारपानेस्थित महेश चौलागाईको घरमा सञ्चालित होटलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खड्गवहादुर खत्रीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्