दिनेश रेग्मीको हत्यामा संलग्न पक्राउ

दिनेश रेग्मीको हत्यामा संलग्न पक्राउ

पाँचथर- जिल्लाको दक्षिणी रवि बजारमा व्यवसाय सञ्चालन गर्ने दिनेश रेग्मीको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। योजनवद्ध हिसाबमा भएको हत्यामा संलग्न भएको भन्दै झापाको लखनुपर–१ घर भई रवि बजारमै सुनचाँदी व्यवसायी भीम घिमिरे घतानी भनिने २८ बर्षीय मिन बहादुर विकलाई पक्राउ गरी सर्वाजनिक गरेको हो।

गत फागुन १ गते रेग्मीको हत्या भएको थियो। घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले खोजिरहेको बताएको छ। प्रहरीले विकलाई काठमाण्डौँवाट बिहीबार पक्राउ गरी आईतवार फिदिममा सार्वजनिक गरेको हो। अनुसन्धान पछि पक्राउ गरी प्रारम्भिक बयानका आधारमा घटनामा दुई जनाको संलग्नता भएको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कृष्ण प्रसाद कोईरालाले बताए। रेग्मी परिवार सुन, रिर्चाज कार्ड र चुरोटको व्यवसाय गर्ने भएकाले पैसा र सुन लिनका लागि उनको हत्या भएको प्रहरीको अनुमान छ।

रेग्मी पसलवाट हराएपछि खोजी गर्ने काममा विक आफैपनि सलंग्न भएका थिए। दुई दिन पछि रेग्मीको हत्या भएको अवस्थामा लास भेटिएको थियो । दुई दिनसम्म रेग्मी हराएपछि खोजीमा सक्रिय रहेका विक हत्यामा संलग्न भएको स्थानीयले अनुमान समेत लगाउन सकेका थिएनन् । हत्या भएपछि केहि दिन पछि विक स्वास्थ्य उपचारका लागि काठमाण्डौँ गएका थिए। प्रहरी अनुसन्धानमा उनको संलग्नता भएको पाइएपछि प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो। हत्यामा दुई जनाको संलग्नता रहेको प्रहरीले जनाएका छ। पेशेवर अपराधिको रुपमा देखिने अर्का एकलाई भने प्रहरी पक्राउ गर्न सकेको छैन।

हत्याका सवै प्रमाण लुप्त गर्ने गरी योजनावद्ध तरीकाले घटना घटाइएपनि अनुसन्धानबाट हत्यारा पत्ता लागेको डिएसपि कोइरालाले बताए। रेग्मीकोमा सुनचाँदीको कारोवार गर्ने विकले ३५ लाख रुपैयाँ भन्दा बढि तिर्न बाँकि रहेको थियो । रेग्मीकोमा राखिएको सनुको धरौटी सुन पनि नक्कली भएको बताएको प्रहरीले जनाएको छ। रेग्मी र अन्यत्र ऋण धेरै भएकाले पैसा र सुन जुटाउन हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । अरुको साहारा लिएर घटना घटाइएको प्रहरीको भनाइ छ।

प्रहरीलाई विकले दिएको बयान अनुसार सप्तमीमा आफ्नो काम भएकाले विकले रेग्मीलाई लिएर गएका थिए। बजारभन्दा केही माथि प्रहरी चौकी माथिबाट रेग्मीको वाईकको पछाडी चढेका विकले केही माथि डाँडामा पुगेर रोक्न लगाएर साथी भेट्न भन्दै बाटो देखि केहि पर लगिएको बयान दिएको कोइरालाले बताए। त्यहाँ अर्को व्याक्तिसँग भेटपछि रेग्मीमाथि आक्रमण भएको बताइएको छ । टाउकोमा हम्मर हानेपछि लडेका रेग्मीलाई खुट्टा बाधेर हत्या गरीएको बयान विकले दिको प्रहरीले जनाएको छ । घटना इलाममा भएकाले प्रक्राउ परेका विक विरुद्ध जिल्ला अदालत इलाममा मुद्धा चल्ने छ। उनलाई आईतवारनै जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्