प्रहरी कार्यालयलाई निःशुल्क जग्गा दान

<span class='c1'>प्रहरी कार्यालयलाई निःशुल्क</span> <span class='c2'>जग्गा दान</span>

सिरहा, चैत्र २४ गते ।

सिरहा जिल्लाको गोलबजारका एक स्थानीयले एक प्रहरी कार्यालयलाई १५ लाख मूल्य बराबरको जग्गा निःशुल्क दिएका छन्।

गोलबजार नगरपालिका २ बस्ने कालुमान स्याङदनले साविक जमदह गाविस वडा नम्बर ३ हाल गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित आफ्नो नाममा भएको ०-२-०-० ( दुई कठ्ठा) जग्गा मंगलबार इलाका प्रहरी कार्यालय गोलबजारको नाममा राजिनामा पास गरी दिएका हुन।

स्याङदनले मंगलबार जिल्ला मालपोत कार्यालयमा गई उक्त जग्गा इप्रकाको नाममा राजिनामा पास गरी जग्गाको धनिपुर्जा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलालाई हस्तान्तरण गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्