सप्तरीमा कटुवा पेस्तोल बरामद

<span class='c1'>सप्तरीमा कटुवा</span> <span class='c2'>पेस्तोल बरामद</span>

विराटनगर चैत्र २४
वसप्तरीको पातो गाविसबाट बेवारिसे अवस्थामा फेला परेको एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले २१ चैतमा पातो(५ स्थित सडकछेउ रुखमुनि बेवारिसे पेस्तोल फेला परेको हो । खिया लागेको अवस्थाको पेस्तोल र गोलीलाई इलाका प्रहरी कार्यालय पातोमै राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । त्यस्तै, २१ चैतमै छिमेकी जिल्ला सिरहामा १५ थान ल्यापटप र अन्य सामान बेवारिसे अवस्थामै फेला परेको छ । सिरहा नगरपालिका(६ स्थित कमला खोलाको बाँधबाट एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आई फाइभ मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान र्यामसमेत बेवारिसे अवस्थामा बरामद भएको प्रहरीले जनएको छ । पेस्तोल र ल्यापटपसहितका सामान बेवारिसे भेटाएको भोलिपल्टै सप्तरी सदरमुकाम राजविराजबाट एक थान मोटरसाइकलसहित करिब ५ हजार बराबरको सामान बेवारिसे अवस्थामा नै फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्