ओखलढुंगामा प्रहरीले रक्सी खाएर गाडी चलाउने एक चालक विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ । प्रहरीले रक्सी खाएर गाडी चलाएको आरोपमा सिद्धिचरण नगरपालिका–६ का चालक विनोद श्रेष्ठ विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको हो ।
श्रेष्ठलाई रक्सी खाएर ना ४ ख ४१७८ नम्बरको ट्रक चाउँदै गरेको अवस्थामा पक्राउ गरिएकाले सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो । प्रहरीले यसरी रक्सी खाएर गाडी चलाउने चालकलाई सार्वजनिक मुद्दा लगाएको ओखलढुंगामा पहिलो पटक हो ।