मोरङको बुधनगर ६ बाट प्रहरीले मंगलबार भारततर्फ लैजान लागेको अवैध २० केजी सुपाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले बुधनगर ६ स्थित रेलवेबाट लुकाई छिपाई लैजादै गरेको अवस्थामा उक्त सुपाडी नियन्त्रणा लिएको हो। उक्त कार्यालयबाट खटिएको गस्ती प्रहरीलाई देखेपछि सुपाडी तस्करले उक्त सुपाडी फ्याँकी फरार भएका थिए।