‘बाह्य देशको निर्देशन बेठीक’ – सुवासचन्द्र नेम्वाङ

‘बाह्य देशको निर्देशन बेठीक’ – सुवासचन्द्र नेम्वाङ

 

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपालको आन्तरिक मामिलामा बाह्य देशको निर्देशन बेठीक भएको बताएका छन् ।
उनले सात सालको सपना भर्खरै पूरा भएको भन्दै संविधानको कार्यान्वयनमा दुई मत नरहेको बताए । नेकपा एमाले झापाको बैठकलाई मंगलवार सम्बोधन गर्दै नेता नेम्वाङले संविधान संशोधनको सन्दर्भमा छिमेकी मित्र राष्ट्रले समय तोकेर निर्देशनात्मक अभिव्यक्ति दिनु गलत भएको बताए । एक सय २२ पटक संविधान संशोधन गरेको भारतमा समेत अहिले शान्त हुन सकेको छैन– पूर्व सभामुख समेत रहेका नेम्वाङले भने– हामी एक पटक मात्र संविधान संशोधन गर्दैछौं ।
संविधानमा असन्तुष्ट हुनेहरुप्रति दलहरुको ध्यानाकर्षण भएको छ । हामी जनताको पक्षमा संविधान संशोधन गर्न तयार छौं ।
उनले भारत र चीनबीच बराबर सम्बन्ध कायम गर्न नेपाल तयार रहेको बताए । भारत र चीन विरोधी गतिविधि गर्न समेत नदिने उनको भनाइ छ । चीन र भारत जस्तो शक्ति राष्ट्रसँग नेपाल सेतु बन्न चाहेको नेता नेम्वाङको कथन छ । ठूलो चुनौतिका बीचमा संविधान जारी गरिएको बताउँदै उनले भने– जो अहिले असन्तुष्ट छौं भन्दै आन्दोलनमा छन्, ति धेरै नेता संविधान निर्माणको क्रममा नियम निर्माता थिए । जनताले आफ्नो लागि आफै बनाएको संविधानमा कसैले पनि गलत प्रचार गर्नु नहुने उनको भनाइ छ । संसदीय दलका उपनेता नेम्वाङले नेपालको संविधानमा संसारको सबै मौलिक हकलाई समावेश गरिएको समेत जानकारी दिए । पिछडिएको समुदायको उत्थानका लागि संविधानमा विशेष व्यवस्था रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्