अर्काको नाममा परिक्षा दिने पक्राउ

<span class='c1'>अर्काको नाममा परिक्षा</span> <span class='c2'>दिने पक्राउ</span>

मोरङ, चैत्र २५ गते।

मोरङको कोशी-हरैचा ९ स्थित शिक्षा निकेतन मा. वि. बाट आज प्रहरीले अर्काको नाममा परिक्षा दिने एक जनालाई पक्राउ गरेको छ।

क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले दिएको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान १७ बस्ने २४ वर्षिय बिक्रम लावतीलाई धरान नगरपालिका १७ बस्ने तिलोचन राईको नामबाट परिक्षा दिदै गरेका अवस्थामा आज बिहान पक्राउ गरेको हो।

उक्त कार्यालयबाट खटि गएको प्रहरी टोलीले लावतीलाई कोशी-हरैचा ८ स्थित मृगौलिया उच्च मा.वि. का छात्र रहेका राईको नामबाट परिक्षा दिदै गरेको अवस्थामा फेला पारेको थियो।

लावतीलाई आवश्यक अनुसन्धान पश्चात शिक्षा ऐन २०२८ अन्तरगत कारवाही चलाइने इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्