ओखलढुङ्गाको दुई स्थानमा आगलागीबाट १५ लाख बढीको क्षती

ओखलढुङ्गाको दुई स्थानमा आगलागीबाट १५ लाख बढीको क्षती

ओखलढुङ्गा, चैत्र २६

ओखलढुङ्गाको छुट्टा छुट्टै दुई स्थानमा बिहिबार आगलागीबाट तिन जनाको घर जलेको छ भने १५ लाख २७ हजार बराबरको क्षति भएको छ।

बिहिबार दिउँसो २ बजेतिर बारीमा रहेको झ्यास डढाउनेक्रममा आगो सल्किंदा रावादोलु गाविस ९ बस्ने शंकर सुनुवारको घरमा आगलागी भएको थियो।

आगलागीबाट सुनुवारको घर तथा घरभित्र रहेको सम्पूर्ण मालसामानहरु जल्दा अनदाजी १५ लाख २७ हजार बरावरको क्षती भएको पिडितले बताए।

आगलागी प्रहरी चौकी रावादोलुबाट खटिगएको प्रहरी टोली र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको थियो।

त्यसैगरी ओखलढुङाको रानीवन ९ स्थित सामुदायिकमा लागेको डढेलोले नजिकै रहेको देव कुमार कार्कीको ढुङा माटोले बनेको दुई वटा घर जलेको छ।

आगलागीबाट भएको क्षतीको बिवरण संकलन गर्ने कार्य तथा वनमा लागेको आगो नियन्त्रण कार्य भइरहेको प्रहरी चौकी चुप्लुघोडाखरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्