जेसीजको आयोजनमा इटहरीमा मिनी म्याराथन सम्पन्न

जेसीजको आयोजनमा इटहरीमा मिनी म्याराथन सम्पन्न

सुनसरी चैत्र २५ ,  इटहरी जेसीजको आयोजनामा विहीबार इटहरीमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।   म्याराथन प्रतियोगितामा विभिन्न तीनवटा इभेन्ट्स राखिएको थियो । जसमा दश किलोमिटरमा खुल्ला पुरुष र महिला, दुई किलोमिटरमा जुनियर जेसीज र डेढ किलोमिटरमा कर्पोरेट र सञ्चारकर्मी सहभागी गराइएका थिए ।  दश किलोमिटरको पुरुषतर्फ हर्कदीप लिम्बू प्रथम, याङदेव राई द्वितीय, केदार अधिकारी तेस्रो र केशवप्रकाश मगरले चौथो स्थान प्राप्त गरेका थिए । महिलातर्फ सुमित्रा राई प्रथम, कल्पना राई द्वितीय, हेमकुमारी लामिछाने तृतीय र ऋचाकुमारी चौधरी चौथो भएका छन् । इभेन्टमा पुरुष र महिला विजयी हुँदै प्रथमले २० हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । जुनियर जेसीजमा नगेन्द्रप्रसाद श्रेष्ठ प्रथम, दिपेन राई द्वितीय र दिपक बस्नेत तृतीय भएका छन् । डेढ किलोमिटर कर्पोरेट र सञ्चारकर्मीतर्फ प्रेमबहादुर शाही प्रथम, ध्रुव राई द्वितीय, हर्कधन लिम्बू तृतिय र मनोज नेपाल चौथो भएका थिए । यस दुवै इभेन्टमा प्रथमले १० हजार, द्वितियले ५ हजार र तृतियले २ हजार ५ सय नगद राशी पुरस्कार जितेका छन् ।

इटहरी जेसीजले वरिष्ठ धावक वैकुण्ठ मानन्धर, पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी चन्दन चौधरी र डाक्टर संजयकुमार राठीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज विष्ट, डिआईजी केशरीराज घिमिरे, भोलेश्वर दुलाल, टंक दुलाल, दिपक ढकाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्