“ब्रिजकोर्सले स्कुल र कलेज बिचको पढाइको अन्तरलाई हटाउछ” – टिका ढकाल

“ब्रिजकोर्सले स्कुल र कलेज बिचको पढाइको अन्तरलाई हटाउछ” – टिका ढकाल

बिगत २५ बर्ष देखि नेपालमा संचालनमा आएको अल्फाबिटाले हाल नेपालका ९ ठाउँमा आफ्नो शाखा बिस्तार गरिसकेको छ । बिराटनगरमा पनि २०६८ सालबाट अल्फाबिटा बिराटनगर सुरु भएको थियो । एसएलसी परीक्षा सकिएसंगै अहिले ब्रिजकोर्स पढेर कलेजको तयारीमा बिध्यार्थी लाग्ने समय हो । यसै बिषयमा अल्भाबिटा बिराटनगरका प्रबन्धक टीका ढकालसंग आवर बिराटनगर डट नेटका बिबेक दाहालले गरेको कुराकानी  :

१. विद्यार्थीहरुलाई ब्रिजकोर्स किन केका लागि आवश्यक छ ?
- ब्रिजकोर्सले स्कुल र कलेज बिचको अन्तरलाई हटाउने हो । स्कुले जीवनबाट कलेजमा जादा केही भिन्नता पक्कै आउछन् पढाइमा , त्यही अन्तरलाई यो कोर्सले पुरा गर्छ । त्यसैले ब्रिजकोर्स गर्नु निकै महत्त्वपूर्ण छ ।

२. कस्तो अन्तर हुन्छ स्कुल सम्मको पढाइ र कलेजमा ?
- विद्यार्थीहरुले स्कुलमा विभिन्न बिषय पढ्छन् जस्तो बिज्ञान , सामाजिक शिक्षा , नेपाली , गणित आदि तर जब कलेजमा कक्षा ११ सुरु गर्छन् त्यहाँ बिध्यार्थीले आफ्नो रुचिको र सिमित बिषयमा पोख्त हुने मौका पाउछन् । यसैको लागि ब्रिजकोर्सले सहयोग गर्छ ।

३. ब्रिजकोर्समा पढाउने कोर्स कस्तो हुन्छ ?
- ब्रिजकोर्समा कक्षा ११ र १२ मा पढ्नुपर्ने बिषयहरुको आउटलाईन हुन्छ  , साथै करियरका पारेमा परामर्श पनि दिइन्छ। कलेजमा पढ्ने बिषय बारे सबै अगाडी नै बिद्यार्थीलाई ज्ञान हुदा उनीहरुलाई पढाइमा सजिलो हुन्छ ।

४. बिषयगत कुरामात्र पढाइ हुन्छ ब्रिजकोर्समा कि अन्य कुरामा पनि सिकाइ हुने गर्छ ?
- बिशेष गरि बिषयगत पढाइ नै हुन्छ त्यसका अलावा बिध्यार्थीहरुलाई आफ्नो पढाइ र करियर बारे पनि जानकारीहरु दिने गरिन्छ । ब्रिजकोर्स पढेको विद्यार्थीले कलेजमा गएर राम्रो नतिजा ल्याउन सफल हुन्छन् ।

५. अन्य ठाउँमा ब्रिजकोर्स पढ्नु र अल्फाबिटा बिराटनगर मै गएर पढ्नुमा के फरक छ ?
- फरक छ किनभने हामीसंग २५ वर्ष लामो इतिहास छ र त्यो अनुभवले हामीलाई अरुभन्दा फरक बनाउछ । बिराटनगर अल्फाबिटाको गुणस्तरीय पढाइ र अनुभवी शिक्षकबाट हामीलाई बिराटनगरमा अब्बल बनाउन सफल भएको छ । केन्द्रीय अल्फाबिटा र शाखाहरु सबै उस्तै गुणस्तरको भएका कारणले पनि अभिभावक तथा बिध्यार्थीमा अलग पहिचान बनाउन सफल भएको छ । हामी हाम्रोमा ब्रिजकोर्स पढेका विद्यार्थीलाई भविष्यमा बाहिर पढ्न जानुपर्ने हुदा विभिन्न छात्रवृत्तिहरुको पनि व्यवस्था गर्छौ । त्यसैले सबै विद्यार्थीहरुलाई अनुरोध छ अल्फाबिटामा ब्रिजकोर्स गर्नको लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्