थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

सुनसरी  चैत्र २६ , सुनसरी जिल्लाको औरावनी गाविस २ स्थित थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको हिजो डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा औरावनि ९ बस्ने गणेश साहको अन्दाजी १० वर्षका छोरा आकाश र अर्जुन मलाहाको सोही उमेरका छोरा बिकाश रहेका छन्। खोलामा पौडी खेल्न गएक उनीहरुलाई स्थानीय गाँउलेले डुबेको अवस्थामा फेला पारेपछि बाहिर निकालेर उपचारकालागी बिराटनगरतर्फ ल्याउने क्रममा दुबै जनाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। घटनास्थलमा इप्रका दुहबीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरिएको उक्त कार्यालयले जनाएको छ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्