बुबाको सम्झनामा निशुल्क स्वास्थ्य शिविर

<span class='c1'>बुबाको सम्झनामा निशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर</span>

बयरवन : मोरङको बयरवन–१ हरकपुरमा नोवेल मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूको सहभागितामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । बयरवन–१ का रविन्द्र घिमिरेले आफ्ना बुवाको सम्झनामा आफ्नै नीजि खर्चमा चैत २६ गते शुक्रबार स्वास्थ्य शिविरको आयोजना गर्न लाग्नु भएको हो ।
स्वास्थ्य शिविरमा जनरल मेडिशिन,प्रसुती तथा स्त्री रोग,बाल रोग,शल्य क्रिया,मानशिक तथा नशा रोगको स्वास्थ्य परीक्षण तथा औषधि प्रदान गरिने छ । यसैगरी हाड जोनी,छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परीक्षण तथा उपचार र दन्त सेवाको निशुल्क ब्यवस्था गरिएको आयोजक रविन्द्र ढकालले बताउनु भयो । ढकालका अनुसार विरामीको नाम संकलन गर्न नजिकका दोहमना,दलेली,फर्साडाँगी,युवा चौक र हरकपुर बजारमा नाम संकलन केन्द्र स्थापना गरिएको छ । बुवाको सम्झनामा गर्न लागिएको निशुल्क शिविरमा एक हजार ५ सय विरामीको स्वास्थ्य परीक्षण हुने ढकालले ताउनु भयो । शिविरलाई शब्य र भब्य रुपमा सञ्चालन गर्न स्थानीय स्तरमा शिविर आयोजक समिति समेत गठन गरिएको समितिका सदस्य ओमप्रसाद ढकालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्