मदन भण्डारी संग्राहलय निर्माण अन्तिम चरणमा

<span class='c1'>मदन भण्डारी संग्राहलय</span> <span class='c2'>निर्माण अन्तिम चरणमा</span>

गोविन्द पोख्रेल,
उर्लाबारी /मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालकोे कार्यालय परिसरमा निर्माणाधीन मदन भण्डारी संग्राहलय अगामी डेढ वर्ष भित्रमा सञ्चालनमा आउने भएको छ ।
करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मदन भण्डारी संग्राहलय सहित पुष्प वाटिका र बाल उद्यान निर्माणका लागि पुरातत्व विभाग,पर्यटन विभाग र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको संयुक्त लगानाीमा निर्माण कार्य भइरहेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं संग्राहलय निर्माण समितिका संयोजक रोमनाथ ओलीले बताए ।
संग्राहलय निर्माणको करिब ८० प्रतिशत निर्माण कार्य पुरा भइसकेको ओलीले जानकारी दिए । संग्राहलय परिसर अगाडि रहेको पुष्प वाटिको ६० प्रतिशत र बाल उद्यानको १० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।
जननेता मदनकुमार भण्डारी र उनीसँग सम्बन्धित एक हजारभन्दा बढि सामग्रीहरु संग्राहलयमा राखिने छ । नेता भण्डारीका लेख,आलेख तथा उनले प्रयोग गरेकोे साइकल तथा दासढुंगामा दुर्घटनामा परेको जीप संग्राहलयमा राखिने छ । यस्तै,संग्राहलयमा भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुगेँसाँघू तथा उनको कर्मथलो मोरङको इटहरा र दासढुंगाका दुर्घटनामा परेको स्थल लगायता तस्विरहरु समेत स्रग्राहलयमा राखिने छ ।
अढाई कठ्ठा जमिनको क्षेत्रफलमा अवस्थित संग्राहालय,पुष्प वाटिका र बाल उद्यान निर्माणका लागि तीन करोड लगानी भइसकेको छ । संग्राहलयका सँगसँगै बाल उद्यान तथा पुष्प वाटिकाको निर्माण कार्य पनि दू्रत गतिमा अघि बढिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङले जानकारी दिए ।
संग्राहलय निर्माणका लागि चालू आर्थिक वर्ष पुरातत्व विभागले ३० लाख र पर्यटन बोर्डबाट ५ लाख रुपैँया प्राप्त भएको संग्राहलय निर्माण समितिका संयोजक ओलीले बताए । उनका अनुसार हालसम्म नेपाल सरकारको डेढ करोड र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको ८० लाख रुपैँयाको बजेट संग्राहलय,पुष्प वाटिका अनि बाल उद्यान निर्माणका लागि खर्च भइसकेको छ ।
यतिबेला संग्राहलय भवनको तेस्रो तल्लामा निर्माण कार्य भइरहेको छ । तीन तल्लाको उक्त संग्राहलय भवनमा चाडै नै बिजूली र डेकोरेशनको कार्य प्रारम्भ हुने प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत मेघराज श्रीपालीले जानकारी दिए । संग्राहलयमा राखिने सामग्रीहरु अति महत्वूपर्ण भएको हुदा फर्निचर लगायत अन्य डेकोरेशनका सामान बनाउनका लागि एक वर्ष समय लाग्ने श्रीपालीको भनाइ छ ।
स्व.नेता भण्डारीको जीवनीको बारेमा जानकारी लिन खोज्ने तथा उनका विचार र योगदानलाई जीवन्त राख्न संग्राहलय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरु बरालले बताए ।
५ वर्षभित्र निर्माण कार्य सम्पन्न गरी आगन्तुकहरुलाई खुल्ला गर्ने हेतुले २०६७ सालबाट संग्राहलय निर्माण कार्यको प्रारम्भ भए पनि आर्थिक अभाव र सरकारको ‘दूूूले बजेट’का कारण निर्माण कार्य एक वर्ष पछि धकेलिएको हो । उक्त संग्राहलय निर्माण कार्य सम्पन्न भएपछि कम्यूनिष्ट नेताको नाममा स्थापित भएको मदन भण्डारी संग्राहलय नेपालकै पहिलो हुनेछ ।
स्वं नेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघू–९ ढोटनेमा भएको थियो । २०५० साल जेठ ३ गते भण्डारीको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्