कुसाहामा आज बिहान १ बजे आगलागीबाट ५ लाख बराबरको क्षती

कुसाहामा आज बिहान १ बजे  आगलागीबाट ५ लाख बराबरको क्षती

सुनसरी, चैत्र २९ गते।

सुनसरीको पश्चिम कुसाहा ५ स्थित आज बिहान १ बजे आगलागी भएको छ भने एक महिला घाईते भएकी छिन्।

पश्चिम कुसाहा ५ बस्ने देव नारायण यादवको घरमा चुल्होबाट अचानक आगलागी हुँदा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षती भएको हो।

आगो निभाउने क्रममा निजकी ६० बर्षिया श्रीमती सतरी देवी यादव सामान्य घाइते भएकी छिन्।

आगलागीबाट यादवको टिनको छानो भएको १ तले घर, १ लाख ५० हजार नगद र सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो क्षती भएको पिडितले बताए।

आगोले पोलेर घाइते भएकी यादवको श्रीमतीलाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी पठाईएको छ।

उक्त आगो स्थानियबासी र प्रहरीको सहयोगमा २ घण्टा पछि पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्