खोटाङमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

खोटाङमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

बिराटनगर चैत्र ३०

खोटाङको हलेसी गाविस १ वर्षेटारस्थित काभ्रेभीरमा आज यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनास्थलमा उद्दारकालागी खटिएको प्रहरी टोलीले हालसम्म २२ जनाको शव निकालेको हो। मृतकहरुमा सात महिला तथा १५ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बिहान ५ बजे दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस बिहान काभ्रेभीरस्थित सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। यस्तै दुर्घटनामा घाइतेमध्ये ४ महिला तथा २८ पुरुषहरुको उद्दार गरीएको छ। घाइतेमध्ये २३ जनालाई हेलिकप्टरद्वारा काठमाण्डौ लगिएको छ भने अन्यको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा स्थानीयवासी, प्रहरी चौकी अर्खौले र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिएको छ भने उद्दार तथा खोजकालागी सदरमुकामबाट समेत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्