काकडभिट्टा नाका सील

काकडभिट्टा नाका सील

झापा बैशाख ७ ,  भारतको पश्चिम बंगालको विधान सभा चुनावलाई मध्यनजर गर्दै काकडभिट्टा नाका सील गरिएको छ । चुनवामा सीमापार अवाञ्छित गतिविधि रोक्न दुबैतर्फका सुरक्षा अधिकारीको सहमतिमा सिमा सील गरिएको हो । आइतबार विहान ६ बजेबाट सीमा बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ । काकडभिट्टाबाट बिहानैदेखि मेचीपुल हुँदै हुने आवत जावतमा कडाई गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख प्रहरी निरीक्षक विशाल भारतीले बताए । तर अत्यावश्यक कामका लागि भारत जानेहरुलाई भने भारतीय सुरक्षाकर्मीले रोकेका छैनन् ।  रेलसेवा तथा हवाईसेवाबाट यात्रा गर्नेहरुका लागि जान र आउन दिइएको छ । तर, मालबाहक सवारी तथा भन्सारबाट हुने सबै काम आइतबार प्रभावित बनेको छ । शनिबार साँझ ८ बजे पछि मालवाहक गडाी नेपाल प्रवेश नगरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीम अधिकारीले बताए । चुनवा सकिएपछि नाका सूचारु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्