इटहरीमा दोश्रो टी-ट्वान्टी क्रिकेट वैशाख ११ बाट

इटहरीमा दोश्रो टी-ट्वान्टी क्रिकेट वैशाख ११ बाट

सुनसरी, ७ बैशाख : इटहरीमा दोस्रो टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । सेभेन स्टार क्लब इटहरीको आयोजनामा बैशाख ११ बाट प्रतियोगिता हुने भएको हो ।

इटहरीस्थित जनता क्याम्सको खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार एक सय ११ र दोस्रोलाई १५ हजार पाँच सय ५५ नगद पुरस्कार र ट्रफी प्रदान गरिने छ । इटहरीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सहभागी टिमको नाम सार्वजनिक गरेको छ ।

प्रतियोगितामा पिसिए बिराटनगर, एमसिए काकड्भिट्टा, आयोजक सेभेन स्टार क्लब इटहरी, इलाम जिल्ला क्रिकेट टिम, नेपाल पुलिस क्लब रातो काठमाडौ, एलबिसिए झापा, वाईसिए सप्तरी, इनरुवा युथ क्लब सुनसरी, सिभिसी चन्द्रगढी र सिवाईसी अत्तरिया कैलालीको सहभागिता रहने छ । सहभागी टिमलाई खान बस्न समेतको सुबिधा दिइने बताइएको छ । नेपालमा महाभुकम्प, मधेस आन्दोलन र नाकाबन्दीबाट थिलथिलो भएको अबस्थामा क्रिकेट प्रतियोगिताको माध्यमबाट सबैमा एक जुट भई राष्ट्रिय स्वतन्त्रता, भाइचारा र स्वाभीमानको लागी प्रतियोगिता आयोजना गरिएको क्लबका सदस्य सिपी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्