बिराटनगर, बैशाख ७
क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकि फरार रहेका एक जनालाई मोरङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ डाँगीहाट ५ बस्ने आशिष सुवेदी रहेका छन्। उनलाई प्रहरीले विशेष सुराकीका आधारमा उनकै घरबाट सोमबार पक्राउ गरेको हो।
सुवेदी उपर सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७०।२।२९ गते ज्यान मार्ने उधोग मुद्दामा पाँच वर्ष कैद सजाय सुनाईएको थियो। अदालतको फैसलासंगै उनी फरार थिए।
पक्राउ परेका सुवेदीलाई सम्मानित मोरङ अदालतमा उपस्थित गराउँदा फैसला कार्यान्वयनकालागी जिल्ला कारागार मोरङ पठाइएको छ।