बालगृहलाई अस्ट्रेलियाबाट सहयोग

<span class='c1'>बालगृहलाई अस्ट्रेलियाबाट</span> <span class='c2'>सहयोग</span>

उर्लाबारी -४ मा रहेको नमुना बालगृहलाई अस्ट्रेलियामा बसोबास गर्ने उर्लाबारी -३ का सचिन योन्जन र हेम तामाङ ले १ लाख बराबरको कम्प्युटर सामग्री प्रदान गरेका छन् । नगरबिकास समिति उर्लाबारीमा कार्यरत हुकुमचन्द्र आचार्यको पहलमा सो सामाग्री प्रदान गरिएको हो । आचार्यको ४३ औं जन्मदिन को अबसरमा आज बालगृहमा आयोजित एक कार्यक्रम का बिच सो सामग्री प्रदान गरिएको हो । १लाख ४ हजार ४ सय बराबरको १ थान ३२" एल सि डि टिभी , २ थान कम्प्युटर सेट प्रदान गरिएको हो । यस्तै आचार्यको जन्म दिन को अबसरमा एक दिन को खाना र १० हजार बराबरको स्टेसनरी समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहरी बिकास तथा भवन निर्माण डिभिजन प्रमुख किसोरलाल महाजु , उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ ,नगरबिकास समिति उर्लाबारी अध्यक्ष केसब कार्की , समाजसेवी जयधर्म आचार्य प्रलाद थापा लगाएतले बोलेका थिए । बालगृह कि अध्यक्ष मिना बरालको अध्यक्षता मा सो कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्