उर्लाबारीमा आज बिहान मालवाहक ट्रकको ठक्करबाट एकको मृत्यु

<span class='c1'>उर्लाबारीमा आज बिहान मालवाहक</span> <span class='c2'>ट्रकको ठक्करबाट एकको मृत्यु</span>

मोरङ, बैशाख १० गते।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ६ स्थित थापाचोकमा आज बिहान मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

ना ३ ख ९४९४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएर नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षिय पुरूष मानिसको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट्रकले बिहान ०१०५ बजे ती मानिसलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनको स्थलमा नै मृत्यु भएको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटीगई ट्रक र चालकलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्