सिरहाको गोलबजारमा बसले ठक्कर दिएर एकको मृत्यु

<span class='c1'>सिरहाको गोलबजारमा बसले ठक्कर</span> <span class='c2'>दिएर एकको मृत्यु</span>

सिरहा, बैशाख १०

पूर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको गोलबजारमा बसले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ।

बा २ ख १०७९ नम्बरको बसको ठक्करबाट ओखलढुङा जिल्ला घर भई गोलबजार ७ मा डेरा गरी बस्ने ४५ वर्षिय साइकलयात्री ईन्द्र बहादुर थापाको मृत्यु भएको छ।

थापालाई दिउँसो १४३० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको एकता ट्रभल्सले पछाडीबाट ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारकालागी लैजानेक्रममा दिउँसो १५३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा छ भने चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्