सचिव गाबिस नजाँदा सेवाग्राहीलाई समस्या

<span class='c1'>सचिव गाबिस नजाँदा</span> <span class='c2'>सेवाग्राहीलाई समस्या</span>

सुमन सुस्केरा
बिराटनगर, बैशाख १०
गाबिस सचिव नियमित कार्यालय नजाँदा सुनसरीको सिमरिया गाबिसका वासिन्दा समस्यामा परेका छन् । गाबिस सचिव बाबुराम ढकाल कार्यालयमा एकै पटक धेरैदिन सम्मको हाजिर गरेर हिड्ने गरेपछि समस्या आएको हो । स्थानीय सेवाग्राही एक महिना देखि सचिवलाई कार्वालयमा नभेट्दा समस्या भएको गुनासो गर्नुहुन्छ । एक महिना देखि सचिव नभेट्दा सिमरियाका सेवाग्राही आशाराम थारुले सचिवलाई फोन गर्दा कहिले ईनरुवा आउनु, कहिले आफ्नै घर झुम्का आउनु भन्ने गरेको बताउनुभयो ।

नयाँ बर्ष पछि २ दिन मात्र कार्यालय गएका सचिव ढकालले बिगत ४ दिन देखि हाजिर नगरेको हामीले फेला पारेपछि सचिव कार्यालय आएर धेरै दिनको एकैदिन हाजिर गर्ने गरेको र नियमित कार्यालय नआउने गरेको स्थानीयको भनाई छ । त्यो बारेमा कार्यालयका सहायक खरिदार दुर्गाप्रसाद खड्गी सचिव कार्यालयमा आएको भएपनि हाजिर नभएको बताउँछन् ।
गाविसमा कमै मात्रामा आउने गरेपछि स्थानीष्ले बिरोध गर्दै आएका थिए । तर सचिव ढकाल एक गाविसमा नियमित नबस्नुले सर्बसाधाणले दुख पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्