श्रद्धाञ्जली दिंदै मेत्रिपुर्ण बास्केटवल

श्रद्धाञ्जली दिंदै मेत्रिपुर्ण बास्केटवल

बिकास चाम्लिङ राई
गत वर्ष वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दुईदिने मैत्रिपुर्ण खेल सोमवार समापन भएको छ । मैत्रिपुर्ण खेलको समापनको दिन भएको खेलमा इलाम बास्केटवल टिम विजयी भएको छ । इलाम बास्केटवल टिमले मोरङ्गलाई ६८–४८ अंकले पराजित गरेको हो । खेलमा इलामले प्रत्येक क्वाटरमा २१, ६, १५, २६ अंक जोडेको थियो भने मोरङ्गले १०, १०, १६, १२ अंक जोडेको थियो । खेलमा इलाम टिमका विनोद श्रेष्ठले व्यातिmगत २६ अंक जोडेको थियो ।
सुनसरी बास्केटवल संघको आयोजना र धरान बास्केटवल संघको संयोजनमा सम्पन्न दुईदिने मैत्रिपुर्ण खेलमा खेलमा सुनसरी, इलाम र मोरङ्ग गरि तिन जिल्ला टिमले सहभागिता जनाएको जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्वुले वताए । सहभागि सम्पुण खेलाडि तथा टिमलाई मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको थियो । उनिहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य सुरजलामा, जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष सुधिर लिम्वु र पत्रकार रोहित राईले प्रमाण पत्र तथा मायाको चिने प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्