बसले दुई मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

<span class='c1'>बसले दुई मोटरसाइकललाई ठक्कर</span> <span class='c2'>दिदा एकको मृत्यु</span>

मोरङ, बैशाख १५
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ मा मंगलबार बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे १ ख २०९८ नम्बरको यात्रुवाहक बसले सांझ ६ बजेतिर विपरित दिशाबाट जादै गरेको को १० प ८८११ र को १२ प ५१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट को १० प ८८११ नम्बरको मोटरसाइकलका चालक मोरङ बयरवन ९ बस्ने ३२ बर्षिय बिदुर खड्काको उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याउनासाथ मृत्यु हो।
सोही बसले ठक्कर दिएर को १२प ५१७२ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर ७ बस्ने ४५ बर्षिय केदारनाथ अधिकारी, ४५ वर्षिया पत्नी कुमारी अधिकारी र उनीहरुका वर्ष १० की छोरी सहनी अधिकारी घाइते भएका छन्।
घाइते तीनै जनालाई सोही अस्पताल ल्याइएको भने बस तथा दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्