छोराको कुटाईबाट बाबुको मृत्यु

छोराको कुटाईबाट बाबुको मृत्यु

भोजपुर, बैशाख १५

भोजपुरको बोया गाविस ५ मा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ।

छोराको कुटाईबाट बोया ५ बस्ने ८० वर्षिय गणेश बहादुर खत्रीको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

खत्रीलाई सोमबार सांझ छोरा प्रलाद खत्रीले घरायसी बादविवाद हुँदा कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका बृद्धको उपचारकाक्रममा स्थानीय क्लिनिकमा आज बिहान ९ बजे मृत्यु भएको हो।

कुटपिटमा संलग्न प्रलाद खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्