संखुवासभाको याफु गाविस २ मा शुक्रबार एक महिलामाथी धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट याफु गाविस ३ की ३० वर्षिय पञ्च कुमारी राई गम्भिर घाइते भएकी छन्। उनलाई सामान्य वाद विवाद हुँदा सांझ ६ बजे स्थानीय ६० वर्षिय धन बहादुर राईले खुकुरी प्रहार गरेका हुन। घाइते महिलाको निधारमा गम्भीर चोट लागेकोले उनलाई उपचारकालागी जिल्ला अस्पताल खाँदबारी र्पुयाइएको छ भने खुकुरी प्रहार गर्ने राई ईलाका प्रहरी कार्यालय याफुको नियन्त्रणमा रहेको छ।