भोजपुरमा खुकुरी प्रहारबाट दुई घाइते

<span class='c1'>भोजपुरमा खुकुरी प्रहारबाट</span> <span class='c2'>दुई घाइते</span>

भोजपुर, बैशाख १९

भोजपुरको दोभानेमा शनिबार राती स्थानीय युवाहरु विच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन्।

दोभाने गाविसमा लाग्ने सखेवा पर्व मनाउनेक्रममा राती १० बजे स्थानीय युवाहरुविच बादविवाद हूँदा खुकुरी हानाहान भएको थियो।

खुकुरी प्रहारबाट दोभाने २ का २८ वर्षिय उद्दव राई र सोही ठाँउका १६ वर्षिय शेखर राई घाइते भएका छन्। राईको निधार र टाउकोमा तथा शेखरको दाहिने हातको चोरी औलामा काटिएको छ।

घाइते दुबैको अवस्था सामान्य रहेकोले स्थानिय अस्पतालमा उपचार गराइएको छ भने घटनामा संलग्न युवाहरु फरार रहेकाले प्रहरी चौकी दोभानेबाट खोजी कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्