हामी आमा छोरा बाँच्न चाहान्छौ

हामी आमा छोरा बाँच्न चाहान्छौ

विजय धिमाल
राजघाट बैशाख २० गते ।
हामीमा एउटा भनई छ यस धर्तिमा एक्लै जन्मेको हो र एकलै स्वर्ग गइन्छ तर त्यस्तो परस्थिति पनि आउदो रहेछ एकै पटक संन्सार छोड्नु पर्ने परस्थिति । र्भखरै मात्र जीवनको सुरुवा गर्दागर्दै कोही कोहीमा संन्सार देख्न नपाउदै यस धर्तीमा पाइला टेक्न नपाउदै संसार छोड्नु पर्ने परस्थिति एक परिवारमा आइ परेको अवस्था छ ।
मोरङ राजघाट—१ का तेजबहादुर धिमालका २२ वर्षिय श्रीमतीलाई ब्लड क्यान्सर भएको २ महिना अघि भरतपुर क्यान्सर अस्पतालले जानकारी दिएको छ । जानकारी पछि उपचारका लागि आफुहरुले ऋणपान गरेर ५ लाख भन्दा बढी रकम खर्च गरिसकेका छन । यति गरीसके पछि उपचारकालागी प्रयाप्त रकम नभएकोले सहयोगको याचाना गर्नुभएको छ । आर्थिक अभावका कारण उपचार गर्न रकम नहुँदा समस्यामा परेका छन ।
क्यान्सर रोगले ग्रसित २२ बर्षीया रबिनाको दिल्लीमा भने उपचार सम्भव हुने चिकित्सकहरुले जानकारी दिएका छन । यो जानकारी पश्चात परिवारले ठुलो आशा राख्दै सहयोगको याचाना गर्नुपरेको उनका श्रीमान तेजबहादुर बताउछन् । थप्दै कुरो निकै धेरै रकम लाग्ने भएकोले रबिनाका परिवारले आर्थिक अभावकै कारण बुहारी र कोँखको ८ महिनाकोे नातीको जीवन बचाउन नसकिरहेको जानकारी दिए । आमा रविना संगै ८ महिनाको छोरा समेत नाजुक अवस्थामा रहेको छ । आर्थिक अभावमा जिवन मरणमा रहेको रबिनाको उपचारको लागि सहयोग संकलनका लागि स्थानीय बासिन्दा सक्रिय रुपमा लागिपरेका छन् ।
स्थानिय युवाहरु र गाउलेहरुको भेलाले स्थानीय शुनिल धिमालको संयोजकत्वमा रबिना धिमाल बचाउ अभियान समिति गठन भएको छ । सोहि भेलामा सहभागी हुनुभएका अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु, पत्रकार तेजन खडेका र बिजय धिमालले समेत सहयोगको लागि सरसल्लाह साथै पहल कदमी थाल्ने भएको छ । रबिनालाई सहयोग गर्न चाहानुहुने सहयोगी मनहरुले रबिनाको श्रीमान तेजबहादुर धिमाल ९८१७३३२६३३ र संयोजक शुनिल धिमाललाई १८२६३२८८४९ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्