आज बिहान दुलारीमा यात्रुवाहक बस दुर्घटना, २० जना घाइते

<span class='c1'>आज बिहान दुलारीमा यात्रुवाहक बस</span> <span class='c2'>दुर्घटना, २० जना घाइते</span>

मोरङ, बैशाख २१ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर-दुलारीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

बिरगंजबाट काकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६३७९ नम्बरको बस सुन्दर-दुलारी नगरपालिका १ स्थित गोठगाउँमा आज बिहान साढे तिन बजेतिर दुर्घटना भएको हो।

दुर्घटनामा बसका चालकसहित २० जना सामान्य घाइते भएकाले उनीहरुलाई उपचारकालागी बिराटनगर तथा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानतर्फ पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्