बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक

बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक

भद्रपुर / झापाको राजगढ गाविसमा बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मादकपदार्थ सेवन गरी छोरीमाथि हातपात गरेको भन्दै श्रीमती र छोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बयानको क्रममा उक्त घटना सार्वजनिक भएको हो । राजगढका ४१ गर्षीय बाबुले दुई महिनाअघि हप्तामा दुईपटक जबर्जस्ती करणी गरेको पीडित १७ वर्षीया छोरीले प्रहरीलाई बयान दिएपछि बुबाको कर्तुत बाहिर आएको हो । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई रक्सीपसलबाट शनिबार साँझ पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार कुनै कामकाज नगरी बिहानदेखि मादकपदार्थ सेवन गरेर दिनभरी डुल्ने र राति घरमा श्रीमती र छोरीसँग भैंmझगडा र कुटपिट समेत गर्दै आइरहेका थिए । पारिवारिक तनाव बढेपछि छोरीलाई लिएर श्रीमती प्रहरीमा पुगेकी थिइन् ।
श्रीमानको यातनाबारे उजुरी दिन गएपनि छोरीले आपूm बलात्कारको शिकार भइसकेको कुरा महिला प्रहरीलाई सुनाइन् । आमा घरमा नहँुदा बाबुले दुईपटक करणी गरेको उनले बताइन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिलाई हाडनाता सम्बन्धी जबर्जस्ती करणी मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्