विज्ञानको विकास भऐपनि धिमाल समुदाय अझै पछाडी

विज्ञानको विकास भऐपनि धिमाल समुदाय अझै पछाडी

बिराटनगर, बैशाख-२१
आजको २१ औँ शताव्दीमा विज्ञानको विकासले गति लिएको अवस्था छ । आदिम कालदेखि मोरङ, झापा र सुनसरी जस्तो सुगम जिल्ला साथै विकसित क्षेत्रमा धिमाल जाति रहि आएपनि पिछडाको सुचिमा सुचिकृत भएको सबैमा अवग नै छ । राज्यको हरेक क्षेत्रमा विकास भएपनि धिमाल समुदाय अझै सम्म हरेक कुराहरुमा पछि नै परेको अवस्था छ ।

वि.सं. २००९ को जनगणना तथ्याङकमा ५,६७१ मात्र जनसंख्या रहेको उल्लेख छ । त्यस्तै वि.सं. २०६८ को जनगणनामा २६,२९८ मात्र रहेको उल्लेख छ । जिमिन्दार धिमालहरु कसै कसैको केही मात्रामा छ भने धेरै जसो भुमिहिन भएको अवस्था छ । धिमालका राजनितिज्ञय तथा नेता भनौदाहरु आफ्नै जाति भित्र सिमित छन । यीनिहरु जुनै पार्टीमा आबद्ध भएपनि भुमिका दिएको पाइन्न र आफुले पनि खासै प्रभाव पार्न सकिरहेको छैन । धिमाल समुदायमा साक्षरता प्रतिशत बढेतापनि कुनै उपलब्धि भएको पाइन्न । यी यस्ता विषयहरु र कुराहरु आजको दिन सम्म उल्लेखिय प्रगति नहुनुमा खोज अनुसन्धानको विषय बनेको छ । जुन तरिकाले धिमाल समुदाय तिब्ररुपले विकास साथै अघि बढ्नु पर्नेहो झन झन खस्किदै गएको अवस्था छ । हामी बिच आपसि सद्भाव ह्रास तथा दायित्व बोधमा कमि अएको होकी भन्ने परस्थिति छ ।

बैदेशिक रोजगारले परिवारको जीवन स्तरमा केही सकारत्मक परिर्वतन देखा परेतापनि अधिकांसको भविस्य भने अन्योलमै छ । हामी प्राय परनिर्भर जीवनयापन गरिरहेको अवस्था छ । हामी आत्मनिर्भर बन्न सकिरहेको छैनौ । अबको समय स्वरोजगार र आत्मनिर्भर बन्न अघि बढ्नु पर्ने होकी भन्ने धिमाल समुदायका युवाहरुले सोच्ने दिन आएको छ । हामी बिच समन्वय, नेतृत्व र दृढसंकल्प भए सुखद भविस्य त्यति टाँढा छैन । आजको समय सम्म आइपुग्दा समेत हामीले केही गरेनौ भने आउने पिंढीले धिकार्ने, दुःख पाउने र पछुताउनु सिवाय केही हुन्न । अघिल्लो समयमा जति जेभएपनि अब एक अर्कासंग हातेमाले, कमिकम्जोरीहरु सच्याउदै आफै बाट सुरुवात थाल्दै सामुहीक हितमा अघि बढौ र लागि परौँ । यदी हामी एक भएका छोटो समयावधि भित्र धिमाल समुदायको विकास तथा सम्बृद्धि हुने प्रवल सम्भावना छ ।

यी माथीका कुराहरुलाई नै मध्यनजर गरी केही युवाहरुको पहलमा धिमाल फाउण्डेसन नेपालको स्थापना भएको अवगत सहित यो अवधारणा पत्र पेश गर्दै सम्पुर्ण धिमाल समुदाय यस भित्रका शुभचिन्तकहरु प्रति यस अभियानमा सहभागी भई सामुदायीक विकास र राष्ट्र निर्माणलाई सफल बनाउन अपिल गरीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्