बिधुत चोरी गर्न खोज्दा करेन्ट

<span class='c1'>बिधुत चोरी गर्न</span> <span class='c2'>खोज्दा करेन्ट</span>

 

सप्तरीको झुट्की गाविसमा बिहिबार बिधुत चोरी गर्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।

झुट्की गाविस ९ बस्ने २६ वर्षका हेम नारायण मण्डलको आफ्नै घर अगाडी रहेको बिजुलिको तारमा अंकुश (हुक) लगाउनेक्रममा करेन्ट लाग्दा ज्यान गएको हो। सांझ ५ बजेतिर घर अगाडी रहेको बिजुलीको तारमा हुक लगाउन खोज्दा मण्डललाई करेन्ट लागेको थियो।

गम्भिर घाइते उनलाई उपचारकालागी सगरमाथा अञ्चल अस्पताल राजबिराज लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको हो। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरी चौकी झुट्कीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्