दमकमा निःशुल्क भित्तेपात्रो वितरण

<span class='c1'>दमकमा निःशुल्क</span> <span class='c2'>भित्तेपात्रो वितरण</span>

दमक २५ बैशाख
झापाको दमक नगरपालिका १० होटेल देउरालीमा धिमाल फाउण्डेसन नेपालको आयोजनामा एक दिने अन्र्तकृया तथा निःशुल्का भित्तेपात्रो वितरण कार्यक्रम भएको छ ।
धिमाल फाउण्डेसन नेपाल द्वारा प्रकाशित जातिको हरेक गतिविधिहरु समेटिएको जातिय भित्तेपात्रो निःशुल्क वितरण गरिएको हो । फाउण्डेसनको बारेमा बृस्तृत जानकारी साथै किन स्थापना गर्न जरुरि छ, यसको स्थापना पछि धिमाल समुदायलाई कतिको सहज हुन्छ लागायत हरेक विषयहरु बारे धिमाल फाउण्डेसन नेपालको अध्यक्ष रक्कि धिमालले जानकारी गराएका थिए । मोरङ, झापा र सुनसरी जिल्ला वा नेपालभर रहेको ९८ वटै धिमाल गाउँटोलका प्रतिनिधि अवहान गरिएको २०÷२५ प्रतिशत मात्रै सहभागी भएका थिए । भित्तेपात्रो लिन छुटेको गाउँटोलकालागी पायक पर्ने स्थानमा राखिने अध्यक्ष रक्कि धिमाल बताउछन । यो कार्यक्रम दमकमा भए संगसंगै काठमाण्डौ जिल्लामा समेत भएको थियो ।
यसै कार्यक्रम बिच अठियाबारी, राजघाट १ मोरङका तेजबहादुर धिमालको श्रीमति रबिना धिमाल क्यान्सर पिडितको उपचारका लागी उपस्थित प्रतिनिधिहरु माझ आ आफ्नो ठाउँ वा गाउँबाट के कती सकिन्छ आर्थिक संकलनका लागी धिमाल फाउण्डेसन नेपालले आवहान गर्दै विरामी रविना का श्रीमान र आर्थिक संकलन अभियानका संयोजक सुनिल धिमालले बृस्तृत जानकारी यसै कार्यक्रम माझ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्