ईलाम, बैशाख २७ गते ।
ईलामको साखेजुङमा आइतबार दिउँसो परेको चटयाङ लागेर एक महिलाको मृत्यु भएको छ।
अपरान्ह तिन बजेतिर वर्षासंगै परेको चट्याङल लागेर घरमै बसिरहेकी साखेजुङ ५ की ५० वर्षिया लिलादेवी राईको उपचारकालागी जिल्ला अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।
यस्तै चट्याङ लागेर ईलाम नगरपालिका ७ का ३१ वर्षिय मिलन वि.क. घाइते भएका छन्। घाइत वि.क.को जिल्ला अस्पताल ईलाममा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ।