आज बिहान स्कुल बसलाई ठक्कर दिंदा १२ जना घाइते

<span class='c1'>आज बिहान स्कुल बसलाई ठक्कर</span> <span class='c2'>दिंदा १२ जना घाइते</span>

मोरङ, बैशाख २७

पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर-दुलारीमा आज बिहान यात्रुवाहक बसले बिधार्थी बोकेको बसलाई ठक्कर दिंदा दुई बिधार्थीसहित १२ जना घाइते भएका छन्।

सुन्दर-दुलारी नगरपालिका १ मा बिहान पौने ९ बजे को १ ख ४३४७ नम्बरको मकालु ईङलिस बोर्डिङ स्कुलको बसलाई पछाडीबाट आउदै गरेको को १ ख ३११० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।

दुर्घटनामा दुई जना बिधार्थी तथा १० जना यात्रुसहित १२ जना सामान्य घाइते भएका छन्।

घाइतेहरुलाई उपचारकालागी सामुदायिक अस्पताल ईटहरी लगिएको छ भने दुबै बसका चालकहरु प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्