सिरहा, बैशाख २९ गते : सिरहाको धनगढीमाई नगरपालिका ६ मा हावाहुरीले सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा एक बालिको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
मंगलबार सांझ चलेको हावाहुरीले ढोका माथी राखेको सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा चन्द्रअयोध्यापुर गाविस ३ बस्ने राजु यादवको ७ वर्षिया छोरी लक्मी कुमारी यादवको उपचारकालागी लैजानेक्रममा मृत्यु भएको हो ।
धनगढीमाई नगरपालिका ६ स्थित प्रदिप यादवको घरमा विवाहमा आएकी लक्मीको सांझ साढे पाँच बजेतिर ढोका बन्द गर्नेक्रममा टाउकोमा स्ल्याब खसेको थियो । घाइते बालिकालाई उपचारकालागी लहानतर्फ लैजानेक्ममा बाटोमै मृत्यु भएको हो ।
सोही स्ल्याबले लागेर सोही स्ठान बस्ने रामकुमार यादवको ४ वर्षिय छोरा आदर्श यादव घाइते भएका छन । उनको लहानस्थित रामप्रसाद उमादेवी अस्पतालमा उपचार भइरहेको छ ।