झापा, बैशाख ३० : झापाको महाभारा गाविसमा बुधबार पानी पिउनेक्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
महाभारा गाविस ३ स्थित कुञ्जी बजारमा बुधबार सांझ पानी पिउन खोज्दा मोटरको तार छुन गई सोही गाविस ३ का १० वर्षिय सुनिल टुडुको मृत्यु भएको हो।
सांझ ६ बजेतिर कुञ्जी बजारस्थित एक चापाकलमा पानी पिउन खोज्दा टुडुलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर बोल्न नसक्ने भएका उनलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमक लैजानेक्रममा सांझ ७ बजे मृत्यु भएको प्रहरी चौकी कुञ्जीबारीले जनाएको छ।