राजघाट बैशाख ३०/विजय धिमाल : मोरङको राजघाट ९ आम्बरी चौबाटो स्थित राष्ट्रिय विभुति औसिमाङ श्रीजंगा सिङ थेवे लिम्बुको सालिक साँस्कृतिक कार्यक्रम सहित मुर्ति अनावरण भएको छ ।
स्थानीय राजघाट ७ निबासी हाल हङकङमा रहेका सेम्बु परिवारको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ राजघाट गाउँ शाखाले शालिक निर्माण गरेको हो । २०७२ चैत २७ गते शिलान्यास भएको सो शालिक बैशाख २८ गते किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव ध्रुब मेयाङ्वो बाट अनावरण भएको छ । सरस्वती पंधाक सेम्बु लगायत छोराछोरी तेजबहादुर, यामबहादुर, रुद्रबहादुर, खड्कबहादुर, बुधराज, हरिमाया र सीताकुमारी सेम्बु एकै परिवारका सदस्यहरु एक भइ शालिक निर्माण गरिएको स्थानिय युवा उत्तम लिम्बुले जानकारी दिए ।
सरस्वती पंधाक सेम्बुकी श्रीमान स्व. पुर्णसिं सेम्बु र स्व. ममतामयी आमा कान्छीमाया पोम्बो (पंधाक) को स्मृतिमा सेम्बु परिवारले ७ लाख ५ हजार ५ सय रुपैयाँको आर्थिक बराकरको शालिक निर्माण गरीएको हो । त्यस्तै राजघाटमा एउटा पनि शालिक नभएको र पूर्वसमयमा बाबुबाजेको जमघट स्थल भएको साथै आन्तरिक पर्यटनमा थप टेवा पुगोस् भनी उक्त स्थानमा शालिक निर्माण गरेको निर्माणकर्ता सरस्वतीकी कान्छा छोरा बुधराज सेम्बुको भनाइ रहेको छ । बुधराज स्थानयि आफ्नोआफन्त, साथीभाईहरु संग भेटघाट र यसै कायैक्रमकालागी हङकङ बाट आएका थिए । सालिक स्थानियवासीहरुकै सहमति वा सल्लाह अनुसार नै स्थापित गरीएको हो । गोलपार्क उत्तर, दक्षिण उर्लाबारी र झुर्किया त्यस्तै पूर्व,पश्चिम आम्बरी बजार हुदै झापाको दमक १७ र खाइवा चोक जाने चौबाटोमा निर्माण गरीएको छ । सडक कालोपत्रे हुनु अगाबै स्थानिय वा दाताको आर्थिक सहयोगमा गोलपार्क निर्माण हुनुभनेको विकासको संकेत हो भन्ने बुझाउछ । यस कार्यले राज्य र स्थानिय निकायको मुख ताक्नु भन्दा आफ्नो गाँउ आफै बनाउ भन्ने सन्देश दिन्छ । यस कार्यले गाउँमा हुने र्दुघटना र गाउँको शोभा समेत बढाउने काम गर्ने किरात यक्थुम चुम्लुङ राजघाटका अध्यक्ष जीवन पोमु बताउछन ।
कार्यक्रम भने राष्ट्रिय कालाकार र स्थानिय कालाकारहरुले संस्कृति झल्काउने लिम्बु जातिको च्यब्रुङ, धिमाल नृत्यहरु प्रस्तुत गरिएको थियो । यस अघि सिरिजंगाको शालिक पूर्वका धरान, झापा, र मोरङका दुई स्थान पथरीशनिश्चरे नगरपालिकाको ८ र ६ नम्बर वडामा निर्माण भएको छ भने मोरङको राजघाट गरी हाल ५ स्थानमा स्थापना भैसकेको छ । उत्तर,दक्षिण उर्लाबारी झुर्किया सडक खण्ड कालोपत्रे सडक निर्माण हल्ला मात्रै काम भने हुन सकेको छैन । यस बाटो कहिले निर्माण हुन्छ भनि स्थानियले बुद्धिजीवि, समाजसेवि तथा राजनैतिक दलका नेताहरुलाई सोधपुछ गर्दा बन्छ बन्छ भन्ने सिवाय केहि बोलेको पइन्न । यस सडक खण्ड कालोपत्रेको सबालमा उर्लावारीको चिउरा मिल देखि भुर्किया सम्म सडक फराकिलो गर्ने कर्य सम्पन्न भैसकेको छ अब ग्रावेल गर्ने कार्य सुरु गर्न बाँकी छ ग्रावेल सम्पन्न पश्चात कालोपत्रे हुने राजघाट गाविसका सचिव चन्द्र प्रसाद पराजुलीले जानकारी दिए । थप्दै आर्थिक वर्ष २०७२÷०७३ को बजेट यस सडक खण्डका लागी चालिस लाख बजेट छुटीएको समेत जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुम चुम्लुङका केन्द्रीय सचिव ध्रुब मेयाङ्वा, विशिष्ठ अतिथिहरुमा राजघाट गाविसका सचिव चन्द्र प्रसाद पराजुली, इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राजकुमार राई, शालिक स्थापनामा आर्थिक सहयोग गर्नुहुने स्वरस्तीकी कान्छा छोरा बुद्धराज सेम्बु लगायत अतिथिहरुमा स्थानिय संघसंस्थाका प्रतिनिधिहरु, रानैतिकदलका प्रतिनिधिहरु, समाजसेवि ताथा बुद्धीजिवि व्यत्तित्वहरु रहेका थिए भने किरात याक्थुम चुम्लुङ राजघाट गाउँशाखाका अध्यक्ष जीवन पोमु लिम्बुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।