१४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्ति पक्राउ

<span class='c1'>१४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण</span> <span class='c2'>गर्दै आएका एक व्यक्ति पक्राउ</span>

राजविराज/ १४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले आज जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले जनाएको छ ।
उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा युवतीसँग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । ती युवतीलाई तीन–चार दिनदेखि तत्माको घरमा राखेर अनैतिक कार्य गरेको प्रहरीको भनाइ छ । पीडित युवतीको परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका अधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती बालिका चार–पाँच दिनदेखि घरबाटै बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका दासको विरुद्धमा जवर्जस्ती करणी उद्योग मुद्दा चलाइने प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्