ओखलढुङा, बैशाख ३०
ओखलढुङाको कालिका गाविसमा आज दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।
वर्षासंगै खसेको चट्याङ लागेर दिउँसो १ बजे घरमै बसिरहेकी कालिका ५ का ४० वर्षिया बिष्णु माया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षिय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ।
चट्याङका कारण कालिका ६ का सुमिता श्रेष्ठको एक वटा भैसी समेत मरेको छ।