अमूर्त साँस्कृतिक सम्बन्धि तालिम सुरु

<span class='c1'>अमूर्त साँस्कृतिक सम्बन्धि</span> <span class='c2'>तालिम सुरु</span>

उर्लावारी ३० बैशाख
विजय धिमाल
मोरङको उर्लावारी नगरगालिका स्थित आदिवासि जनजातिहरुको अमूर्त साँस्कृतिकहरुको संरक्षण तथा प्रवद्र्धनका लागी दुई दिन प्रशिक्षण कार्यशाला गोष्ठी सुरु भएको छ ।
नेपाल सरकार अदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जवलाखेल ललितपुरको सहयोग र नेपाल अदिवासि जनजाति महासंघ उर्लावारी मोरङ नगर समन्वय परिषदको आयोजनामा भएको हो । तालिममा मूर्त, अमुर्त वा भौतिक सम्पदा भनेको केहो ?, संस्कृति के हो ?, संसक्षण केहो ? यस विषयहरु आदिवासि जनजातिको हक अधिकार साथै भुमिका र यस संग सम्बन्धित नेपाल सरकारले खेल्लन सक्ने भुमिका वारे प्रशिक्षण दिइने प्रशिक्षक सोम बहादुर धिमालले जानकारी दिए । हामी आदिवासि जनजातिहरु हरेक कुराहरुले धनि भएतापनि हरेक निजामति क्षेत्रमा नातावादका कारण पछिनै रहेको, आदिवासि महिला कोटा अरक्षण नहुनु, सुन्दैछौ दश वर्षे निजामति सेवा रिक्त हुने हामी अब सजक हुन जरुरि रहेको उर्लावारीका कार्यकारी अधिकृत सुवास श्रेष्ठको भनाई रहेको थियो । थप्दै म उर्लावारीमा अधिकृत भइ आए पस्चात उर्लावारीको हरेक विकासका कार्यहरु नगरपालिकाले नै गर्नु पर्ने अवस्था रहदै आएको छ र यस अदिवासि जनजाति विषयमा नगरपालिकाले गर्नुपर्ने साथ सहयोग गर्ने छु । तालिममा ४० जना आदिवासि जनजाति र २० जना अन्य जातिहरुको सहभागी रहेको थियो ।
तालिमको पहिलो दिनको उद्घाटन उर्लावारीका कार्यकारी अधिकृत कार्यक्रमका प्रमुख अतिथि सुवास श्रेष्ठले नेवार जातिको भिमे बाजा बजाएर गरेका थिए । त्यस्तै विषिष्ठ अतिथिमा नेपाल अदिवासि जनजाति महासंघ नेपाल जिल्ला उपाध्यक्ष नर बहादुर मोक्तन अतिथिहरुमा उर्लावारीका राजनैतिक दलका प्रमुख, बुद्धिजिवि, संघसंस्थाका व्यक्तिहरु रहेको थियो भने नेपाल अदिवासि जनजाति महासंघ उर्लावारी मोरङ नगर समन्वय परिषदका अध्यक्ष पदम पात्रे धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्