आफुलाई चौधरी बाबा हुँ भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

<span class='c1'>आफुलाई चौधरी बाबा हुँ भन्दै</span> <span class='c2'>ठगी गर्ने युवक प्रहरीको फन्दामा</span>

सुनसरी, बैशाख ३०

आफूलाई चौधरी बाबा हुँ भन्दै ठगी गर्ने एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ।

आफूलाई चौधरी बाबा हुँ र आफूसंग वनझाँक्रीको हड्डी भएको भन्दै ठगी गर्ने समुह मध्येका एक सुनसरी ईटहरी उप-महानगरपालिका वडा नम्बर २२ बस्ने ईद्रिस मियाँलाई इलाका प्रहरी कार्यालय पकलीको टोलीले बुधबार ईटहरीबाट पक्राउ गरी आज जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दा अन्तरगत म्याद थप गरेको हो।

मियाँसहितका समुहले आफूहरुसंग वनझाँक्रीको हड्डी भएको र उक्त हड्डी हेर्ने व्यक्तिलाई दैवी शक्ति प्राप्त भई चिताएको सबै कामहरु पुरा हुने भन्दै काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ जोरपाटीका बच्चु प्रसाद पुडासैनीसंग हड्डी हेर्नकालागी पुजा गर्नु पर्छ भन्दै १ लाख ६५ हजार नगद र पाँच लाख बराबरको चेक काट्न लगाई ठगी गरेका थिए।

सो समुहुले पुडासैनीलाई पुजाकालागी एकै रंगका नौ वटा गाई, एघार किलो घ्यू र पुजा सामाग्री चाहिने भन्दै सो रकम ठगी गरेपछी पुडासैनीले दिएको उजुरीका आधारमा मियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तिराम कार्कीले बताउनु भयो।

मियाँको साथबाट बाँसको ढुङग्रीभित्र सेतो रङको कपडाले बेरेर राखेको पाँच ईन्च लामो हड्डीको टुक्रा तथा मोहमद मुस्ताफा मियाँको नाममा जारी भएको क्रिस्ट बैङको पाँच लाख रुपैयाको चेकसमेत बरामद भएको छ।

सो समुहले अन्य केही व्यक्तिहरुसंग पनि सोही बहानामा करिब १६ लाख ७० हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले सो बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो।

मियाँलाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भइरहेको छ भने अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्